back

रक्सी पार्टी गरेर विवादमा परेपछि बेलायती प्रधानमन्त्री मागे माफी, मागियो राजीनामा

वि.सं.२०७८ पुस २९ बिहीवार

210 

shares
NTC AD
Global IME AD

काठमाडौं । बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवास ‘१०, डाउनिंग स्ट्रीट’मा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् । यो पार्टी मे २०२० मा कोरोना महामारीकाबीच भएको थियो, जतिबेला महामारीलाई लिएर लगाइएको प्रतिबन्धहरू जारी थियो ।

बेलायतमा विगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको बताइरहेको थियो ।

यद्पि ‘प्रधानमन्त्रीसँग प्रश्न’ कार्यक्रमको सुरुवात हुनासाथ जोनसनले रक्सी पार्टीलाई लिएर माफी माग्न चाहेको बताएका हुन् । उनले महामारीमा करोडौँ मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको बताए ।

उनले नियम बनाउनेले नै निमयको उचित रूपमा पालन नगरेको स्वीकार गरे । उनले घटनाको जिम्मेवारी आफूले लिने बताए । उनले घटनाबारे भइरहेको जाँचको निष्कर्षबारे यसै भन्न नसक्ने तर आफूले घटनाको जिम्मेवारी लिने बताएका छन् ।

विपक्षीहरूले भने यस्तो घटनामा माफी मागेर नपुग्ने भन्दै उनलाई राजीनामा दिन दबाब दिइरहेका छन् ।

वि.सं.२०७८ पुस २९ बिहीवार १३:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका...

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा...

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

जगदलपुर, भारत ।  सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना...

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

जेरुसेलम ।   इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव...

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

दोहा । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको...