Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम विजयी



२९ पुष, काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछ््याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो । कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ४३ बल खेल्दै चार चौका हाने । अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए । हेमन्त धामीले दुई तथा आदित्य महता, गजेन्द्र बोहरा र विकास आग्रीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन जोड्यो । सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गरे । उनले २३ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे । वसन्त कार्कीले २८, दीपक बोहराले २५ र खडग बोहराले २२ रनको योगदान दिए ।

बलिङतर्फ कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट लिए । रवीन्द्र शाही र दिवान पुनले दुई–दुई तथा दिनेश अधिकारीले एक विकेट लिए । तीन खेल खेलेको कर्णालीको यो दोस्रो हार हो । यसअघि कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको थियो । कर्णालीले प्रदेश नं १ लाई भने ३१ रनले पराजित गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके