Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

धार्मिक महोत्सव स्थगित



बागलुङ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा शनिबारदेखि आयोजना गर्ने भनिएको बिहुँकोट धार्मिक महोत्सव स्थगन गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणलाई हेरेर सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि महोत्सव स्थगन गरिएको आयोजक बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिए ।

“अहिलेलाई महोत्सव स्थगन गर्ने निर्णय गर्यौँ, स्थिति सहज भएपछि नयाँ मितिमा आयोजना हुन्छ”, उनले भने । परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर समाज र त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रमको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको थियो ।

त्यहाँ रहेको गुरुकुल पाठशाला विगतको सशस्त्र द्वन्द्वका बेला बन्द हुन पुगेको थियो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा खुलेको संस्कृत गुरुकुल पुनःसञ्चालनका लागि आर्थिक जोहो गर्न महोत्सव हुन लागेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

१३ माघ । दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै

१३ माघ । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा न.पा.वडा नं.०५ मा अवस्थित करदाता

१३ माघ, काठमाडौँ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब ‘आहा ! रारा गोल्ड कप’

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने