Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

एमाले अधिवेशन : कसरी भयो द्धारिकालालको भयो सर्मनाम हार ?



काठमाडौं । इटहरीका चर्चित मेयर द्धारिकालाल चौधरी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने नराम्रोसँग पराजित भएका छन् । एमाले सुनसरीको सातौँ अधिवेशनअन्तर्गत जिल्ला अध्यक्षको लागि मंगलबार भएको चुनावमा उनी पराजित भएका हुन् ।

जिल्ला अध्यक्षको लागि भएको चुनावमा रेवतीरमण भण्डारी, खेमराज पोखरेलसहित द्धारिकालाल चौधरी उम्मदेवार बनेका थिए । तर, प्रतिस्पर्धामा द्धारिकालाल चौधरीलाई नगन्य मत प्राप्त भएको छ ।

जिल्ला अध्यक्षमा निर्वाचित भण्डारीले ९२० र उपविजेता ७३३ मत ल्याउँदा चौधरीले भने एक सय पनि मत कटाउन सकेनन् । उनी चुनावमा प्रतिस्पर्धी नै बन्न सकेनन् ।

माधवसँगको निकटताले घाटा

द्धारिकालाल चौधरी तत्कालिन समय माधवकुमार नेपालसँग नजिक भएपनि पार्टी विभाजनमा भने उनी सहभागी भएनन् । उनी एमालेमै रहे पनि पटक–पटक माधवकुमार नेपाल पक्षका नेताहरुसँग छलफलमा रहिरहे ।

माधव पक्षका नेताहरुसँगको उठबसकै कारण उनलाई एमालेको संस्थापन पक्षले विश्वास गर्न सकेन । जुन अविश्वासको अवस्था जिल्ला अधिवेशनमा पोखिएको धेरैको बुझाइ छ । जिल्ला अधिवेशनमा उनको सर्मनाक हारले उनको राजनीतिक भविष्य अन्योंलमा परेको देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय