back

रचना रिमालको स्वरमा ‘भतभती पोल्छ’ सार्वजनिक

वि.सं.२०७८ पुस ३० शुक्रवार

144 

shares
NTC AD
Global IME AD

काठमाडौं । युवा पुस्ताकि चर्चित गायिका रचना रिमालको सुमधुर स्वर रहेको ‘भतभती पोल्छ’ गीतको भिडियो सार्वजनिक भएको छ । समलिङ्गी प्रेम सम्बन्ध, बिहे अनि समाजले हेर्ने दृष्टिकोण लाई जीवन्त रूपमा प्रस्तुत गरिएको सामाजिक सन्देश बोकेको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ ।

गीतमा अमेरिका बस्दै आएका गितकार नारायण रसाइलीको शब्द रहेको छ भने दिप घतानीले संगीतवद्ध गरेको छन् । गीतलाई संजिव बराइलीले संगीत संयोजन गरेका हुन् । भिडियोमा पल शाह र प्रियाना आचार्यको जिवन्त अभिनय रहेको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

तारा लोहनी रसाइली निर्मात्री रहेकी भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो भने भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो । कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यम बाट सामाजिक दायित्व पनि पुरा गरिरहेका हुन्छन् भन्ने उदेश्यका यो म्युजिक भिडियो प्रस्तुत गरिएको गीतकार रसाइलीले बताएका छन् ।

भिडियो लिंकः https://youtu.be/UOYg0UO2FjA

 

 

 

 

 

वि.सं.२०७८ पुस ३० शुक्रवार १३:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...