Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

वीर र त्रिवि शिक्षण अस्पतालका ९० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



काठमाडौं । काठमाडौंको वीर र त्रिवि शिक्षण अस्पतालका ९० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । ठूलो संख्यामा स्वास्थ्यकर्मी नै कोरोना संक्रमित हुँदा स्वास्थ्य सेवा समेत प्रभावित बन्न पुगेको छ ।

अस्पतालका अनुसार आइसीयू वार्डबाट कोरोना संक्रमण फैलिएका कारण जनशक्ति अभावमा सेवा प्रभावित भएको हो ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आफु पनि कोरोना संक्रमण भएर होम आइसोलेशनमा बसेको बताए ।

‘पहिलेको जस्तै कडा छ लक्षण । रुघाखोकी, ज्वरो आइरहेको छ । गाह्रो नै भएको छ । यो ओमिक्रोन नभएर पहिलेकै भेरियन्ट हुनसक्छ ।’ आइसोलेशनमै रहेका अधिकारीले भने ।

अस्पतालकी फोकल पर्सन गंगा हुमागाईले अस्पतालमा उपचार गराउन आउने कोरोना संक्रमितको संख्या बढिरहेको जानकारी दिइन् । अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कम विरामी भएका युनिटहरुलाई मर्ज गरेर जनशक्ति व्यवस्थापन गर्न लागेको जानकारी समेत दिइन् ।

हुमागाईका अनुसार संक्रमित भएका स्वास्थ्यकर्मीमध्ये ३ जनाको अस्पतालमा उपचार भइरहेको भने अन्य होम आइसोलेशनमै रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके