Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको दक्षिण भारतीय फिल्मको ट्रेलर सार्वजानिक



काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर बिहीबार सार्वजनिक भएको हो । दुई मिनेट ४१ सेकेन्डको फिल्मको ट्रेलर ‘साइना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

उक्त फिल्म राजीव शेट्टीले निर्देशन गरेका हुन भने निर्माण एसके लरेन्सले गरेका हुन् । जेभियर एलेक्स र राजीव शेट्टीले संयुक्तरुपमा लेखेका फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिका रहेको छ । त्यस्तै धर्मजान बोलगट्टी र जोनी एन्टोनी पनि प्रमुख पात्रका रुपमा रहेका छन् । फिल्मको ट्रेलरमा नेपालका काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ ।

त्यस्तै ट्रेलरमा अभिनेत्री खड्काको ‘आइटम डान्स’ का केही झलकहरू पनि रहेका छन् । गीतमा अभिनेत्री खड्का रातो पहिरनमा नाचिरहेकी देखिन्छिन् । ट्रेलरमा अभिनेत्री खड्का गीतमा देखाइएको छ । फिल्मका मुख्य कलाकारको नाम सूचीमा अभिनेत्री खड्काको नाम पनि उल्लेख गरेको छ । ट्रेलरमा अभिनेता माओत्से गुरुङलाई पनि एक झलक देख्न सकिन्छ । फिल्म सन् २०२२ मा रिलिज हुने भनिएको छ । फिल्म मलयालमसँगै तेलेगू, तामिल र हिन्दी भाषामा पनि सार्वजनिक हुने पनि बताइएको छ ।

यस्तो छ भिडियो ट्रेलर:


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके