Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

सर्वदलीय बैठक : वैशाख दोस्रो साता स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव



काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । शुक्रबार भएको सर्वदलीय बैठकमा आयोगले पहिलो चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको हो ।

“स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्न उपयुक्त हुन्छ भनेर आयोगले प्रस्ताव गरेको छ, यसबारे सरकारले छलफल गरेर टुंगोमा पुर्‍याउने छ”, सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै कांग्रेस केन्द्रीय सदस्य लेखकले भने, “आयोगले प्रस्ताव गरेको छ, यही तिथि मितिमा गर्ने कि के गर्ने भन्ने सरकारले निर्णय गर्ला ।”

आयोगको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने समर्थन जनाएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले आयोगको प्रस्ताव सही भएको बताए ।

“वैशाख १४ र २२ गते चुनाव गर्ने आयोगको प्रस्तावलाई हामीले समर्थन गरेका छौं, जेठ ५ गते अगावै पदभार सम्हाल्ने गरी चुनाव हुनुपर्छ भनेका छौं”, रिमालले भने ।

रिमालले कानूनी समस्या भएको भन्ने सत्तारुढ गठबन्धनको भनाई गलत भएको बताए । समयमै चुनाव गराउने विषयमा गठबन्धन सरकारप्रति आशंका कायमै रहेको उनले सुनाए ।

आयोलले बोलाएको सर्वदलीय बैठकमा संसदमा सहभागि सबैजसो राजनीतिक दलका नेताहरुको प्रतिनिधित्व थियो ।

सम्बन्धित समाचार

निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरु, को–को छन् सहभागी ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके