Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

किन रोकियो हिमालयन र इन्भेष्टमेन्टबीचको मर्जर प्रक्रिया ?



काठमाडौं । चर्चामा रहेको हिमालय र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया रोकिएको छ । हिमालयन बैंकको शुक्रबार बसेको वार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर प्रक्रिया रोकिएको हो ।

बैंक मर्जरसम्बन्धी विशेष प्रस्ताव पास गर्न ७५ प्रतिशत मत आवश्यक पर्छ तर, करिब ४० प्रतिशत सेयर हिस्सा ओगटेको संस्थापक सेयरधनीहरू नै मर्जरको विपक्षमा मत हालेका छन् ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ पक्षका सेयरधनी र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जर विफल भएको बताइएको छ । अध्यक्ष श्रेष्ठका पक्षका सेयर धनी र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जरमा जान चाहेका सेयर धनीबीच भनाभनसमेत भएको थियो ।

हिमालयन बैंकमा झन्डै १५ प्रतिशत सेयर हिस्सा भएको कर्मचारी संचय कोषले पुनः डीडीए गर्नुपर्ने माग अगाडी सारेपछि मर्जर प्रकृया विवादमा फसेको थियाे। हिमालयन बैंकमा संचय कोषको १४.८५ प्रतिशत सेयर हिस्सा रहेको छ । विभिन्न ६ वटा प्रश्नको समाधान बिना अहिलेकै अवस्थामा मर्जरमा जान नहुने पक्षमा कोष उभिएको छ ।

बैंकका अध्यक्ष श्रेष्ठ र कर्मचारी संचय कोषले हालकै अवस्थामा मर्जरमा गर्दा हिमालयन बैंकका सेयरधनीलाई प्रति कित्ता २२ रुपैयाँ नोक्सानी हुने आधार देखाउँदै मर्जरको विपक्षमा मत दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके