Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

बतासको पक्ष लिँदै उद्योग बाणिज्य महासंघले भन्यो-व्यवसायीको मान मर्दन भयो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले बतास अर्गनाइजेशनमाथि एकतर्फीरुपमा प्रहार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

महासंघले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फी रुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति महासंघले चिन्ता व्यक्त गरेको जनाएको छ ।

‘बतास अर्गनाइजेशनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागी भई आवस्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया संचनलनको अनुमति पाएको हो,’ उक्त विज्ञप्तिमा भनिएको छ ‘सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रुपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्न कुनै गैरकानुनी र आपराधिक गतिबिधि नभएको तर्फ महासंघ सबैको ध्यानाकर्षण गराउन चाहान्छौं ।’

महासंघले प्रक्रिया र कानून विपरीत भएका गतिबिधिमाथि राज्यले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा नलिने तर त्यसको सत्यतथ्य खोजी हुनुपर्ने माग समेत गरेको छ ।

‘सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकातर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिबिधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने हाम्रो चिन्ता छ ।’ महासंघले भनेको छ ।

दरबार संग्रहालयभित्र क्याफे सन्चालनको ठेक्का सेटिङमा नभएको बतास समूहको दावी (बिज्ञप्तिसहित)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके