Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५०८७ जना संक्रमित, उपत्यकामा मात्रै २६०७ थपिए



काठमाडौं । नेपालमा आज ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको २० हजार ५६० नमु्ना परीक्षणमा ५०७८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज उपत्यकाको काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जनासँगै २६०७ जनामा संक्रमण पुष्टि भएको हो । बुधवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या झण्डै ६ सयले बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ५०७८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ४४ हजार ३४८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३०६ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३०६ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १५ हजार ६५६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म ११ हजार ६१३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मन्त्रालयको विवरण अनुसार हाल १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १७ हजार २९१ जना र ९४४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये १११ जना आइसीयु र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ लाख २० हजार २६७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म २ करोड ७४ लाख ७५ हजार ९९५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये १ करोड ५६ लाख ६ हजार २१ जनाले पहिलो मात्रा र १ करोड १८ लाख ६९ हजार ९७४ जनाले दोस्रो मात्राको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशैभरी थपिए ३५५३ कोरोना संक्रमित, काठमाडौंमा मात्रै १४ सय बढी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके