Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

चीनमा पनि बढ्न थाल्यो कोरोना संक्रमित हुनेको संख्या



People wear face masks and walk at a shopping mall in Taipei, Taiwan, Friday, Jan. 31, 2020. People wear face masks as they walk through a shopping mall in Taipei, Taiwan, Friday, Jan. 31, 2020. According to the Taiwan Centers of Disease Control (CDC) Friday, the tenth case diagnosed with the new coronavirus has been confirmed in Taiwan. (AP Photo/Chiang Ying-ying)

बेइजिङ   चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए ।

डिसेम्बरको मध्यतिर दैनिक १५० जना भन्दा बढीमा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ । महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र कडा लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ ।

उता बिहीबार पनि यहाँका हेनान र तियाजिन प्रान्तमा गरी १४३ जना सङ्क्रमितहरु भेटिएका अधिकारीहरुले जनाएका छन् । तीमध्ये सबैभन्दा बढी हेनानमा ९८ जना भोटिएका अधिकारीहरुले जनाएका छन् । यहाँ देशभित्रै र बाहिरबाट आएकाहरुमा पनि सङ्क्रमितहरु पाइएको हो ।

चीनले आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिकको आयोजना गर्न लागेको छ । त्यसैले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ ।सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके