
किशोर वयका जोडी आँखा
पौडिएपछि एक अर्कामा
कुनैबेला मादकता भै बहने गर्छ
कहिले सन्तुष्टिको राहत भै थपिने गर्छ
विगतमा वयस्कता रोज्ने
एउटा तरङ्ग सकिने गर्छ
अर्को आनन्द थप उमङ्ग गाँसियो
मुटुको आसपास पग्लियो
अनुराग र आशक्ति
जसलाई नसम्झी नसक्तो हो
बिचरा अतीत
यौवन खट्किंदो हो अनुवादमा
कुनै काल्पनिक उन्मादमा
आँखाका नानीभित्र घुस्रिएर
जरा गाडेको हुँदो हो मोहकता
गाढाभित्रको अझ निकटता साँचेकोहुँदो हो
सम्झनाको रसबरी हो कि
नबिर्सिनुको रखबारी हो ?
मिठास उनिएको शब्दसुधा हो वा
जीवनको विस्मित क्षुधा हो यो ?
कहिले भावभङ्गिमा भै पस्ने गर्छ
कहिले अन्तर्मनको सम्वाद भएर बस्ने गर्छ
कहिले याद भएर खस्ने गर्छ
सायद शरीरैपिच्छेका अङ्ग अङ्गमा
बिरानो भैसकेको साया पौडिएर डस्ने गर्छ
डुलिरहन्छ अघिपछि पैडिरहन्छ दायाँबायाँ
घुमिरहन्छ तड्पाउदै
उही नबिर्सिने पलको चित्र हो या छाया ?
अन्जानको अतृप्त प्रेम बनेको विस्मृत माया !
पदम दाहाल ,मादी न.पा.– ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर
९८४२०९९८३१