Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

छन्द कविता: पृथ्वीस्मृति



राजा होस् तर हुन्न दुर्जन सबै बुझ्दैन के मानव ।
राजा दुष्ट र इष्ट हुन्छ गुणले यै भन्छ सिङ्गो भव ।।
गुम्ला भूमि बुझी उठेर तिनले बोके खुँडा हातमा ।
सेखी आपसका हटाउन उठे ऊर्जा लिए माथमा ।।०१।।

पृथ्वीका बलको लिई फल निको खाई डकार्ने सब ।
ती हुन् मूर्ख बडा कुमानव सबै यै भन्छ सिङ्गो भव ।।
टुक्रा जोड्न गरे विशारद बडा सत्कर्म सञ्चालन ।
नेपाली शिर उठ्छ व्योम पथमा को सक्छ यो बिर्सन ।।०२।।

चाहे शासक स्वार्थ हुन् अति कडा सत्कर्म चौडा खुले ।
चाहे दम्भ अनेक हुन् अझ बडा सारा प्रजाले भुले ।।
केही कर्म अकृत्य होस् तर दिए नेपाल सग्लो धरा ।
बन्दै निर्मल उक्लिए सगरमा जागा बनाए शिरा ।।०३।।

ढाल्यौ सालिक धूल नै सब बनोस् को सक्छ आस्था धुन ?
पारे मूर्त विशाल राष्ट्र उनले के सक्छ यो मेटिन ?
नेपाली गरिबी मिलेर सबले उठ्ने लिए चिन्तन ।
झुल्थ्यो हर्ष उदार देश दिलमा गर्ने गरे कीर्तन ।।०४।।

छन् जो शून्य क्रिया हियार जनको सक्थ्यो उठे थिग्रिन ।
नौलो मार्ग खनेर लम्कन जुटे पाउन्न यो बिग्रिन ।।
नेपाली दिलभित्र आसन लिई सत्कर्मका हार छन् ।
त्यस्तो सद्गुण मेट्न लाग्छ भँडुवा दुष्कर्म आधार छन् ।।०५।।

पस्दा लाग्छ सियो पसेपछि भने जोत्छन् नि फाली सरी ।
आफ्नै कञ्चन धर्म रक्षित गरूँ टाढै बसून् पादरी ।।
खाने छन् घुस जो दिने जन चिनी काटेर मारे पनि ।
लाग्ने छैन अवश्य दोष तिनको भन्थे गिराए पनि ।।०६।।

माटाको महिमा अपार छ भनी भन्थे बुझाईकन ।
आए ठोक यता पसे रिपु भने छोड्दै नछोड्ने बन ।।
अर्काको घर छिर्नु दोष छ बडो हेक्का मनैमा धर ।
यो नेपाल विशाल विश्वभरिको उम्दा बनाऊँ घर ।।०७।।

ताजा छन् हितयुक्त आज उनकै अर्ती लिऊँ सुन्दर ।
आओस् दुश्मन जोससाथ तर त्यो तर्सेर भाग्थ्यो पर ।।
पृथ्वी ज्ञान लिए धरा अटल भै थिग्रन्छ आफ्नै भर ।
उड्दै व्योमविषे लिऊँ गति नयाँ श्रद्धा गरूँ सादर ।।०८।।

छन्द: शादूर्लविक्रीडित

दीनानाथ पोख्रेल, इलाम


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय