
४ माघ, काठमाडौँ । आईपिएलको नयाँ टिम अहमदाबादले ३ खेलाडीलाई टिमका अनुबन्धित गरेको छ । ईएसपीएनक्रिकइंफोका अनुसार अहमदाबादको टिमले हार्दिक पांड्या, रासिद खान र शुभमन गिललाई टिममा अनुबन्धित गरेको छ ।
अहमदाबादले हार्दिक पांड्या र रासिद खानलाई १५ करोड भारुमा टिममा अनुबन्धित गरेको हो भने शुभमन गिललाई ७ करोड भारुमा अनुबन्धित गरेको हो । ईएसपीएनक्रिकइंफोका अनुसार टिमले हार्दिक पांड्यालाई नयाँ कप्तान नियुक्त गर्ने छ ।
हार्दिक पांड्या यस अघि मुम्बई इन्डियन्समा आवद्ध रहेका थिए भने रासिद खान सनराईजर्स हैदरावाद र सुभमन गिल कोलकत्ता नाईट राइडर्समा आवद्ध रहेका थिए ।