
५ माघ, काठमाडौँ । अष्ट्रेलिया र न्यूजिल्याण्ड बिचको ३ खेलको एकदिवसीय र १ खेलको टि-२० श्रृंखला स्थगित भएको छ । कोरोना भाइरसको कारण उत्त श्रृंखला स्थगित गरिएको क्रिकेट अष्ट्रेलियाले बताएको छ ।
यी दुई टिम बिचको श्रृंखला जनवरी २४ बाट सुरु हुन गईरहेको थियो । स्थगित श्रृंखला कहिले खेल्ने भन्ने विषयमा दुवै बोर्ड अहिले छलफलमा छन् ।