Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

कामदारसम्बन्धी नीतिलाई युएई सरकारले गर्‍यो कडाई, भिजिट भिसामा काम गरे जेल



काठमाडौं । युएई सरकारले कामदारसम्बन्धी नीतिमा कडाई गर्ने भएको छ । सरकारले भिजिट भिसामा युएई जाने र काम गर्नेलाई जेलसम्मको सजायँ तोक्ने निर्णय गरेको छ ।

युएईले श्रम स्वीकृति नलिएरै भिजिट भिसामा रोजगारी गर्ने विदेश नागरिकलाई ३ महिना जेल र १० हजार दिरामसम्मको जरिवाना गर्ने निर्णय गरेको छ । जुन विषय दुबई सार्वजनिक अभियोजनले आफ्नो ट्वीटर ह्याण्ड्लमार्फत सबैका निम्ति जानकारी गराएको छ ।

दुबई सार्वजनिक अभियोजनले आफ्नो अफिसिएल ट्विटर ह्याण्डलमार्फत भनेको छ, “भिजिट भिसाअन्तर्गत स्वदेश प्रवेश गर्ने र काम गर्न चाहने प्रत्येक विदेशीले सम्बन्धित निकायबाट अनिवार्य श्रम स्वीकृति अनुमति लिनुपर्छ, अन्यथा उनीहरूलाई ३ महिनासम्म कैद सजाय वा १० हजार रुपैयाँभन्दा बढी जरिवाना वा यी दुईमध्ये कुनै एक जरिवाना हुनेछ । साथै अदालतले राज्यबाट निष्कासन गर्न आदेश दिन सक्नेछ ।”

योसँगै युएईमा भिजिट भिसामा गएर काम गर्नु अवैध भएको छ । पछिल्लो समय समय भिजिट भिसामा युएई पुगेर काम गर्नेको संख्या बढेसँगै सरकारले यस्तो नीति लिएको हो ।

युएईमा नेपालीहरु थुप्रै भिजिट भिसामा पुगेर काम गर्ने छन् । पछिल्लो निर्णयसँगै थुप्रै नेपाली प्रभावित हुने बताइएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार पछिल्लो २ वर्षमा ३० हजार नेपाली भिजिट भिसामा युएई पुगेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय