back

घरघरमा रुघाखोकीका बिरामी बढ्दै

वि.सं.२०७८ माघ ५ बुधवार

180 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

महोत्तरी । घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछि महोत्तरीको भङ्गाहा-४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो ।

सत्तरी वर्षीय इस्लाम राइन भन्छन्, “अहिले घरघरै रुघाखोकीका बिरामी बढ्दा छन् ।” यद्यपि मृतकमध्ये पिसीआर परीक्षण तीन जनाको मात्र भएको थियो । “बिरामी भएपछि पिसीआर परीक्षण सबैको नहुँदा कोरोना नै भन्ने त भएन, तर परीक्षण गरिएर कोभिड-१९ सङ्क्रमण पुष्टि भएका मृतक र अन्य मृतकको बिरामी हुँदाको लक्षण मेल खाएपछि सबै कोरोनाकै कारण भन्ने मानियो”, उक्त बस्तीका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुर भन्छन्, “बस्तीमा पिसीआर परीक्षण गरिँदा २०० हाराहारीमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको थियो ।”

भङ्गाहा-४ कै महिला स्वास्थ्य स्वयंसेविका दीपमाया श्रेष्ठ भन्छन्, “रुघाखोकी बढेको हुँदा मान्छेको मन आत्तिएको हो, आत्मसंयम र उपचार भने गरिनुपर्छ ।” बस्तीमा रुघाखोकीका बिरामी बढेपछि घरघरै पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान स्वयंसेवी युवाले सल्लाह दिँदैछन् । “हामी स्वास्थ्य मापदण्ड निर्वाह गर्दै चिसो स्याँठबाट बच्न, काम नपरी घर बाहिर ननिस्कन, ताजा र झोलिलो खाना खान र स्वास्थ्य समस्या बढ्नासाथ स्वास्थ्यचौकी पुग्न घरघरै पुगेर सल्लाह दिइरहेका छौँ”, बस्तीका सामाजिक कार्यकर्ता नारायण दाहालले भने ।

वि.सं.२०७८ माघ ५ बुधवार ११:५६ मा प्रकाशित

NABIL bank AD
थप तीन औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

थप तीन औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

काठमाडौँ । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि...

स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि तलब

स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि तलब

भजनी (कैलाली) । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि...

आजदेखि रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान

आजदेखि रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान

त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म...

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

  चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई...

आँखाका बिरामीको शल्यक्रिया गर्न डा रुइत गृहजिल्लामा

आँखाका बिरामीको शल्यक्रिया गर्न डा रुइत गृहजिल्लामा

फुङ्लिङ (ताप्लेजुङ) । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आजदेखि गृहजिल्लाका...

कामपाद्वारा ४१ अस्पतालमा निःशुल्क उपचार सेवा

कामपाद्वारा ४१ अस्पतालमा निःशुल्क उपचार सेवा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका ४१ वटा अस्पतालमा निःशुल्क...