Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

विदेशी कण्डमको माग उच्च, कुन देशबाट कति भित्रिन्छ ?



काठमाडौं । नेपालमा विदेशी कण्ठमको माग बढी नै देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैधानिक रुपले मात्रै प्रत्येक महिना १ करोड बढीको कण्ठम आयात भइरहेको छ ।

विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा पाँच करोड रुपैयाँभन्दा बढीको कन्डम भित्रिएको छ ।

साउनदेखि मंसिर महिनासम्ममा २ करोड ७९ लाख ५ हजार वटा कन्डम भित्रिएको विभागले जनाएको छ ।

कुन देशबाट कति ?

विश्वका सात वटा मुलुकबाट नेपालमा कन्डम आयात हुने गरेको छ । भारत, चीन, कोरिया, मलेसिया, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।

जसमध्ये सबैभन्दा धेरै भारतबाट मात्रै ४ करोड २८ लाख ७५ हजार रुपैयाँको कन्डम आयात भएको छ । यसपछि कोरियाबाट ३२ लाखको, मलेसियाबाट २८ लाखको, थाइल्याण्डबाट २७ लाखको र चीनबाट १५ लाख रुपैयाँका कन्डम आयात भएको तथ्यांकमा देखिएको छ ।

यसबाहेक, अमेरिका र संयुक्त अरब इमिरेट्सबाट नगन्य मात्रामा मात्रै कन्डम भित्रिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा विदेशबाट नेपालले २४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको ६० करोड १० लाख वटा कन्डम आयात भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय