Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

महालक्ष्मी विकास बैंकद्वारा मकवानपुरको पालुङका विद्यार्थीलाई न्यानो कपडा वितरण



५ माघ, काठमाडौँ । महालक्ष्मी विकास बैंकले सुन्दरी देवी माध्यमिक विद्यालयका विद्यार्थीलाई ज्याकेट वितरण गरेको छ । बैंकको पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित सो विद्यालयको ६३ जना विद्यार्थीलाई ज्याकेट वितरण गरेको हो ।

विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाबिच पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी हुन् ।

जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गर्दा दैनिक पठनपाठनमा र विद्यालय सञ्‍चालनमा सहयोग पुर्‍याएको बताउँदै विद्यालय प्रधानाध्यापक प्रतापसिंह गोलेले बैंकले गरेको सहयोग प्रति कृतज्ञता प्रकट गरे । साथै यस किसमको सहयोगले बालबालिकाहरु उत्साहित भएर विद्यालय शिक्षा अझै प्रभावकारी हुने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय