Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

डेरावालसँग बढी विद्युत् महसुल असुलेमा घरधनीकाे लाइन काटिने



काठमाडौं । घरधनीले घरभाडामा बस्ने व्यक्तिहरूसँग प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा विद्युत् प्राधिकरणले लाइन काट्ने भएको छ । घरधनीले डेरावालसँग महंगो विद्युतको महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएकोभन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो ।

घरभाडामा बस्ने व्यक्तिहरूले तोकिएका निश्चित सर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत् सेवा लिन सकिने व्यवस्था प्राधिकरणले गरेको छ । बक्यौता भुक्तानी गर्ने प्रतिवद्धतासहित छुट्टै मिटर राख्‍नको लागि घरधनीको लिखित सहमति, घरधनी र बहालमा वस्ने बीच कम्तिमा एक वर्षका लागि गरिएको घरबहाल सम्झौता, घरवहालमा वस्ने व्यक्तिलाई छुट्टै मिटर दिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त भएमा, घरधनीको बाँकी बक्यौता नभएमा र वहालमा वस्नेको मिटर समेत एउटै स्थानमा राख्‍न सकिने गरी वायरिङको व्यवस्था गरिएका शर्त पूरा गर्नुपर्ने छ ।

अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट सिधै विद्युत् लिन सक्ने

अपार्टमेन्ट, बहुतले आवासीय भवन, कोलोनीहरूमा बसोबास गर्ने उपभोक्ताहरूलाई तोकिएका सर्त पूरा भएमा अरू ग्राहकसरह विद्युत् सेवा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा गरिएको छ । अहिले अर्पाटमेन्टहहरूले आफूले प्राधिकरणबाट विद्युत् लिएर त्यहाँभित्र बस्नेलाई महँगो शुल्क लिएर आपूर्ति दिँदै आएका छन् ।

यसैबीच प्राधिकरणले एउटै उद्योग परिसरभित्र फरक–फरक विद्युत् महसुल दर आकर्षित हुने उद्योगहरू सञ्चालन हुने अवस्थामा अलग–अलग मिटर राख्न पाउने व्यवस्था गरेकाे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट