Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

विनु मावि सरौंखोलाको अध्यक्षमा सागर अधिकारी निर्वाचित



फर्शुराम भुर्तेल, पर्वत । पर्वत जिल्ला पैञ्यु गाउँपालिकाको विनु माध्यमीक विद्यालय सरौखोलाको अध्यक्षमा सागर नामले चिनिने चोक प्रसाद अधिकारी निर्वाचित भएका छन् ।

सो विद्यालयको अभिभावक भेलाबाट निर्वाचित सदस्यहरुबाट अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । सत्ता गठबन्धनको दोस्रो घटक नेकपा (माओवादी केन्द्र) को वडा पार्टी अध्यक्ष समेत रहेका सागर पैञ्युमा सामाजिक व्यक्तित्वका रुपमा समेत स्थापित छन् ।

पैञ्युमा स्वास्थ्य तथा सामाजिक काममा अग्रता लिइरहने सागरले यसअघि पनि सो विद्यालयको अध्यक्ष सम्हालेका थिए । ‘विद्यालयलाई नमुना बनाउन सबैको सहयोग हुने अपेक्षा राखेको छु,’ उनले संसारन्युजसँग भने ।

उनलाई पैञ्यु गाउँपालिकामा क्रियाशील गठबन्धनका सबै दल र एमालेभित्रको ठूलो तप्काले समर्थन गरेको थियो । सो वडा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार जयनारायण तिवारी, गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी, २०७४ मा प्रदेशसभा उम्मेदवार रहेका राजेन्द्र तिवारी लगायतका स्थायी वसोवास रहेको वडा हो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मुगु संसार न्यूज । स्थानीय तह निर्बाचनमा मुुगुका धेरै स्थान जित्नेमा पहिलो पार्टी बनेको

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई