
काठमाडौं । कामदारको चर्को अभाव खेपिरहेको अष्ट्रेलियाले विद्यार्थीका निम्ति नयाँ नियम बनाएको छ । अष्ट्रेलियाली सरकारले जनवरी १९ देखि लागु हुने गरी विद्यार्थीले पनि सातामा २० घण्टाभन्दा बढी समयसम्म काम गर्न पाउने नियम बनाएको छ ।
साथै अष्ट्रेलियाले विद्यार्थी भिसामा आउने खोज्नेलाई प्रोत्साहन गर्न भिसा शुल्कमा छुट दिने घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले गरेको निर्णयअनुसार अष्ट्रेलिया जान भिसा शुल्क वापत लाग्ने ६ सय डलर अब मिनाहा हुने भएको हो ।
Good news for🇳🇵students travelling to 🇦🇺 – you can now work for more than 20 hours per week and visa application fees will be rebated for those travelling from today for the next 8 weeks.
See announcements by Australia’s Prime Minister today. https://t.co/bZ91LQYHWg pic.twitter.com/xYp8XBLy8L
— Felicity Volk (@AusAmbNP) January 19, 2022
अष्ट्रेलिया सरकारको यो निर्णयसँगै विद्यार्थी भिसामा जान खोजिरहेका नेपाली विद्यार्थीहरु पनि लाभान्वित हुने भएका छन् । बताइएअनुसार अहिले ३ हजारभन्दा बढी नेपाली विद्यार्थी अष्ट्रेलिया जाने तयारीमा छन् ।