
५ माघ, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार नेप्सेमा ३८ दशमलब ३५ अकंले घटेर २८९८ दशमलब ३१ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ७ दशमलब ८१ अकंले घटेर ५३९ दशमलब ६५ विन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२८ कम्पनीको ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैंया बराबरको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ८४ हजार २ सय ३३ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा अपी पावर, अरुण भ्याली हाईड्रोपावर, एचआईडिसिएल, अपर तामाकोशी, सुर्या लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा एचआईडिसिएल, सेञ्चुरी कमर्सियल बैंक, अपी पवार, अरुण भ्याली हाईड्रोपावर, सांग्रिला डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबै भन्दा धेरै कमाउनेमा बुद्धभूमी नेपाल हाईड्रोपावर, सामलिङ्ग पावर कम्पनी, सांग्रिला डेभलपमेन्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, छयाङ्दी हाईड्रोपावर, लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने घलेम्दी हाईड्रोपावर, कालिका लघुवित्त, मध्य भोटेकोशी जलविद्यृत, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स, हिमालयन उर्जा कम्पनी लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।