
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७८ सालमा संचालन हुने स्नातक तह तेस्रो वर्ष परीक्षा दिने शिक्षा शास्त्र संकायतर्फका आंशिक परीक्षार्थी र मानविकी संकायतर्फका नियमित ,आंशिक तथा प्राइभेट परीक्षा दिने परीक्षार्थीका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।
कार्यालयले परीक्षार्थी आफुले परीक्षा दिनुपर्ने कुन–कुन कोड र विषय हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्ने समेत बताइएको छ ।
यो पनि
परीक्षा नियन्त्रण कार्यालयले गर्यो सेवाग्राहीलाई खोप कार्ड अनिवार्य