
६ माघ, काठमाडौँ । भारत र दक्षिण अफ्रिका बिचको पहिलो एकदिवसीयमा भारत ३१ रनले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर २९६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि ब्याटिङ्गमा कप्तान टेम्बा बावुमा र रस्सी भान डेर डुसेनले सतकीय पारी खेलेका थिए । कप्तान बावुमा १४३ बलमा ११० रन बनाएर आउट भएका थिए भने रस्सी भान डेर डुसेन् ९६ बलमा १२९ रन बनाएर नटआउट रहेका थिए । भारतका लागि बलिङ्गमा जसप्रित बुमराहले सर्वाधिक २ विकेट हात पारेका थिए ।
२९७ रनको विशाल लक्ष्य पछाएको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन मात्र बनाउन सक्यो । भारतका लागि ३ खेलाडीले अर्धसतकीय पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । शिखर धवन ७९ रन, विराट कोहली ५१ रन र शार्दुल ठाकुर ५० रनको पारी खेलेका थिए । दक्षिण अफ्रिकाका लागि बलिङ्गमा तबरेज शम्सी, लुंगी एनगिडी र एन्डिले फेहलुकवायोले समान २ २ विकेट हात पारेका थिए ।
जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको छ ।