
६ माघ, काठमाडौँ । आइसीसीको टी-२० विश्वकपको ग्लोबल क्वालिफयार खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक संञ्जाल फेसबुक मार्फत पोस्ट गर्दै सन्दिप लामिछानेको कप्तानीमा ग्लोबल क्वालिफयार खेल्ने १६ खेलाडीको नाम सार्वजनिक गरेको छ ।
लोकेश बम र बिबेक यादव पहिलो पटक नेपाली राष्ट्रिय टिममा पर्न सफल भएका छन । त्यसैगरी जितेन्द्र मुखिया पनि लामो समय पछि नेपाली टिममा फर्केका छन । राष्ट्रिय टिमबाट विनोद भण्डारी र सोमपाल कामी भने बाहिरिएका छन ।
विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुदैछ ।
टी-२० विश्वकपको ग्लोबल क्वालिफयारका खेल्ने नेपाली टिम :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, शरद भेसवाकर, करण केसी, कुशल मल्ल, आसिफ सेख, आरिफ सेख, जितेन्द्र मुखिया, अविनाश बोहोरा, शाहब आलम, कमल सिंह ऐरी, प्रदीप ऐरी, बिबेक यादव, लोकेश बम ।