
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्किटेक्ट तथा सिभिल इन्जिनियरहरुको सूची तयार गर्न निवेदन आह्वान गरिएको सूचना जारी गरेको छ ।
महानगरपालिकाले विहिबार जारी गरेको सूचनामा महानगरपालिका क्षेत्र भित्रका ऐतिहासिक, साँस्कृतिक, पुरातान्विक तथा वास्तुकलात्मक महत्वका परम्परागत शैलीका निजी एवं संस्थागत स्वामित्वका भवनहरु संरक्षण गर्ने उदेश्यले तयार गरिएको “सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि, २०७८” कार्यान्वयनमा प्राविधिक सहयोग गर्नका लागि आर्किटेक्ट तथा सिभिल इन्जिनियरहरुले आवेदन दिन सक्ने जनाएको छ ।
महानगरपालिकाले अनुभवी तथा इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र [email protected] मा निवेदन दिन आह्वान गरेको छ ।
सूचना: