Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली सेनाभित्र बबन्डर, फौजी सिस्टम बिगारियो भन्दै उपरथीले गुहारे राजनीतिक नेतृत्वलाई



काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि थपका विषयमा गरेको निर्णयले विवाद जन्मिएको हो । प्रधानसेनापतिको निर्णय फौजी सिस्टमलाई नै बिगार्ने गरि आएको भन्दै सेनाका उपरथी अनन्त कार्कीले राजनीतिक नेतृत्वलाई नै गुहारेका छन् ।

उपरथी कार्कीले प्रधानसेनापति शर्माविरुद्व रक्षा मन्त्रालयमा उजुरी नै दिएका छन् । उनले रक्षामा दिएको उजुरीको बोधार्थ राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाध्यक्षलाई पठाएका छन् । प्रधानसेनापति शर्माले सेनाको फौजी सिस्टमलाई नै बिगार्ने गरि गैरकानुनी र मनोमानी रुपमा बढुवा र पदावधि थपको निर्णय गरेको कार्कीको उजुरीमा छ ।

कार्कीले भनेअनुसार प्रधानसेनापति शर्माले गरेको सिफारिस विगतका निर्णयहरु विपरित रहेको बताउँछन् । यसअघि तत्कालिन प्रधानसेनापति पूर्णंचन्द्र थापासमक्ष अहिलेको प्रधानसेनापतिले पदावधि थप गर्न सिफारिस गरेका थिए । जसलाई थापाले सदर गरिदिएका थिए । तर, अहिले विगतको आफ्नै निर्णयविरुद्व प्रधानसेनापति उभिएपछि विवाद देखिएको हो ।

सेनामा उपरथीको पदावधि तीन वर्ष तोकिएको छ । थप हुने पदावधिको अवधि भने दुई वर्षको हुन्छ । अर्कोतर्फ उमेर हदको व्यवस्था ५७ वर्ष तोकिएको छ । सेनामा वरिष्ठतामा रहेका सबै उपरथीको पदावधि थप गर्ने चलन छ ।

यदि पदावधि थप नभएमा उपरथी कार्की आगामी फागुनमा अनिवार्य अवकाशमा जानेछन् । उनको पदावधि थप भएमा उनी रथीमा बढुवा हुनेछन् । हालका रथी बालकृष्ण कार्की आठ महिनापछि स्वतः अवकाशमा जाँदैछन् ।

कार्की उपरथीको पहिलो नम्बरमा छन् । तर, प्रधानसेनापति शर्माले स्वास्थ्य उपचारका लागि बिदा बस्नुअघि गत पुस १६ मा कार्कीबाहेह दुई उपरथी सीताराम खड्का र तारा पाण्डेको पदावधि थप्न रक्षा मन्त्रालयमा सिफारिससहितको पत्र पठाएका थिए । तर, मन्त्रिपरिषद् उक्त विषयमा निर्णय लिएको छैन् ।

विवाद पहिलो पटक राजनीतिक नेतृत्वमा

‘चेन अफ कमान्ड’ मा रहने फौजी संगठन नेपाली सेनाभित्रको विवाद यसरी यसअघि राजनीतिक नेतृत्वसम्म पुगेको थिएन । सुरक्षा अंगका अन्य संगठनका विवादमा राजनीतिक नेतृत्वले हस्तक्षेप गर्ने गरेको भएपनि सेनाको विषयमा भने राजनीतिक नेतृत्वले हस्तक्षेप गरेका थिएन ।

तर, उपरथी कार्कीले पहिलो पटक बढुवा र पदावधि थपको उजुरी रक्षा मन्त्रालयसँगै प्रधानमन्त्रीको सचिवालयमा दिएका छन् । केही जानकारका अनुसार उपरथी कार्की यसअघि प्रधानमन्त्री देउवाको एडीसी थिए । देउवासँग सम्बन्ध निकटता रहेकै कारणले उनले उजुरी दिएको बुझिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय