back

स्याङ्जामा रु ५७ करोड भन्दा बढीको सुन्तला बिक्री

वि.सं.२०७८ माघ ६ बिहीवार

192 

shares
NTC AD
Global IME AD

वालिङ । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष रु ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ ।

गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला बिक्री भएको हो । जिल्लामा यसवर्ष १३ हजार ८४० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ । उत्पादित सुन्तालामध्ये २५ प्रतिशत अर्थात् तीन हजार ४६० मेट्रिक टन किसान/व्यवसायी आफैले उपभोग गरेको र बाँकी १० हजार ३८० मेट्रिक टन अर्थात् ७५ प्रतिशत बिक्री गर्दा उक्त आम्दानी भएको केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए ।

जिल्लामा कूल एक हजार ९६९ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । तीमध्ये एक हजार ३८० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती गरिएको केन्द्रले जनाएको छ । “यसवर्ष कूल रु ७६ करोड १२ लाख मूल्य बराबरको सुन्तला फलेको थियो”, प्रमुख हमालले भने, “उत्पादनको २५ प्रतिशत अर्थात् रु १९ करोड तीन लाख मूल्य बराबरको सुन्तला किसान तथा व्यवसायी आफैले उपभोग गरेको देखिन्छ भने बाँकी ७५ प्रतिशत अर्थात् रु ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको हो ।”

उनका अनुसार जिल्लाभित्रैका स्थानीय बजारमा २० प्रतिशत अर्थात् दुई हजार ७६ मेट्रिक टन बिक्री हुँदा कूल रु ११ करोड ४१ लाख ८० हजार आम्दानी भएको छ । त्यस्तै जिल्लाबाहिर ८० प्रतिशत सुन्तला अर्थात् आठ हजार ३०४ मेट्रिक टन बिक्री हुँदा रु ४५ करोड ६७ लाख २० हजार आम्दानी भएको छ । यसवर्ष किसानले प्रतिकिलो थोक मूल्य रु ५० र खुद्रा मूल्य रु ८० मा बिक्री गरेका छन् ।

गतवर्ष स्याङ्जामा कूल एक हजार ६५५ हेक्टर क्षेत्रफलमध्ये कूल एक हजार १६० हेक्टर क्षेत्रफलमा सुन्ताला खेती गरिएको थियो । सो खेतीबाट १७ हजार ६३२ टन सुन्तला उत्पादन भएको थियो । यस वर्षभन्दा गतवर्ष सुन्तला उत्पादन धेरै भए पनि उचित बजार मूल्य नपाउनु र मूल्य थोरै भएका कारण किसानले बिक्रीको मात्रा घटाएर कोसेलीकारुपमा प्रयोग गरेको पाइएको प्रमुख हमालले बताए । “यसवर्ष मूल्य पनि बढी भएकाले किसानले कोसेलीभन्दा बिक्रीतर्फ बढी जोड दिएको देखियो”, उनले भने, “उत्पादन कम हुँदाहुँदै पनि बिक्रीलाई बढी जोड दिएकै कारण आम्दानीमा बृद्धि भएको हो ।”

गतवर्ष जिल्लामा रु ७९ करोड ३४ लाख ४० हजार मूल्य बराबरको उत्पादन भए पनि जम्मा रु ५५ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । यहाँका किसानले गतवर्ष प्रतिकिलो थोक मूल्य रु ४५ र खुद्रा मूल्य रु ७५ मा सुन्तला बिक्री गरेका थिए ।

वि.सं.२०७८ माघ ६ बिहीवार १६:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...