Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

एड्भान्स्ड इन्जियनियरिङ कलेजद्वारा गोथे जेन्ट्रम काठमाडौँसँग सम्झौतापत्रमा हस्ताक्षर



७ माघ, काठमाडौँ । एड्भान्स्ड कलेज अफइन्जिनियरिङ एन्ड म्यानेजमेन्टले गोथे जेन्ट्रम काठमाडौँसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । अन्तरसञ्जाल सम्मेलन मार्फत आयोजित एक विशेष कार्यक्रमका बीच एड्भान्स्ड कलेजका तर्फबाट कार्यकारी निर्देशक कपिल देव रेग्मी तथा गोथे जेन्ट्रम काठमाडौँका तर्फबाट निर्देशक सेबास्टेन वइट्स्चले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा दुवै संस्थाबीच इन्जिनियरिङ, प्रविधि र जर्मन भाषाका माध्यमबाट संयुक्त शैक्षिक सम्बन्ध प्रवद्र्धन गर्दै अगाडि बढ्ने कुरा उल्लेख गरिएको छ ।

गोथे जेन्ट्रम काठमाडौँका निर्देशक सेबास्टेन वइट्स्चले सम्बन्धनका लागि एड्भान्स्ड कलेज परिवार प्रति कृतज्ञता ज्ञापन गरे । उनले इन्जिनियरिङ क्षेत्रमा शैक्षिक प्रशिक्षण प्रदान गर्ने कार्यमा एड्भान्स्ड कलेजले सही मार्ग अवलम्बन गरिरहेको बताए । ‘एड्भान्स्ड कलेजका कर्मचारी, अध्यापक र विद्यार्थीहरूको गहिरो अभिरुचि देखेर हामीनिकै प्रभावित भएका छौँ र संस्थासँग सम्बन्ध कायम गर्न पाउँदा थप उत्साहित पनि भएका छौँ ।’ निर्देशक सेबास्टेन वइट्स्चले भने,‘भाषिक अड्चनको सम्बोधन भएपछि एड्भान्स्ड कलेजका विद्यार्थीहरू अन्तर्राष्ट्रिय अवसरका लागि तयार हुनेछन् । गोथे जेन्ट्रम काठमाडौँ इच्छुक व्यक्तिहरूलाई जर्मनीका प्रतिस्पर्धी इन्जिनियरिङ कलेजसँग सम्बन्ध कायम गराउने कार्यमा सक्षम हुनेछ ।’

गोथे जेन्ट्रम काठमाडौँका भाषा विभाग प्रमुख बेन्जामिन म्याटेर्नले शिक्षा र भाषाको औपचारिक सुरुवात भएको सन्दर्भमा प्रसन्नता व्यक्त गरे । कलात्मक शैलीमा विद्यार्थीहरूको भाषिक सिकाइ क्षमता अभिवृद्धि गरी उनीहरूको सशक्तीकरण गर्ने विषयमा म्याटेर्नले आफ्नो धारणा राखे ।

एड्भान्सड कलेजका कार्यकारी निर्देशक कपिल देव रेग्मीले एड्भान्सड कलेज र गोथे जेन्ट्रम काठमाडौँको घनिष्ट सम्बन्ध बारे प्रकाश पारे । ‘हाम्रा विद्यार्थीहरूले अहिले गोथे जेन्ट्रम काठमाडौँका भाषाविज्ञ बेन्जामिन म्याटेर्नबाट जर्मन भाषाका उल्लेखनीय सत्रहरू प्राप्त गरिरहेको छन् ।’ कार्यकारी निर्देशक रेग्मीले उल्लेख गरे ।

कार्यकारी निर्देशक रेग्मीले कोरोना महामारीको सङ्कटकालीन अवधिमा पनि गोथे जेन्ट्रम काठमाडौँ परिवारले देखाएको उत्साहपूर्ण सहभागिताको प्रशंसा गरे । रेग्मीले आफ्नो जर्मनी भ्रमण तथा जर्मन भाषाको महत्त्वबारे आफ्ना अनुभवात्मक भनाइहरू पनि सुनाए । गोथे जेन्ट्रम काठमडौँसँग भएको सहकार्यबाट एड्भान्सड कलेजका विद्यार्थीहरूको वैदेशिक शिक्षाको छनोटको क्षितिज अझ फराकिलो हुने रेग्मीको धारणा थियो ।

कार्यक्रम अवधिमा जर्मनीका म्याक्स एङ्गेलहार्टले नेपाल भ्रमणको आफ्नो चाख लाग्दा अनुभव सुनाउँदै नयाँ यात्राको सुरुवातका लागि एड्भान्सड कलेज र गोथे जेन्ट्रम काठमाडौँ प्रति बधाई ज्ञापन गरिन् । एङ्गेलहार्ट भर्खरै मात्रै एड्भान्स्ड कलेजको अनुसन्धानर नव प्रवर्तन इकाइको अनुसन्धाताका रूपमा समेत जोडिएकी छिन् । एड्भान्सड कलेजका विद्यार्थीहरू जर्मन संस्कृति जस्तै सम्पन्न पृथक् भाषाको सिकाइमा रमाउने एङ्गेलहार्टको भनाइ थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय