
राम्रो काम गरे अनेक जनमा सुन्दर बन्छ त्यो ।
राम्रा साथ रहे सुभावपनमा जीवन बग्छ भो ।।
आहा ! हेर यहाँ प्रभाव मनको मन्दिरका प्रभू ।
खुल्दा हुन् सब ती अभाव पनको छेउ रहे विभू ।।
आत्मा स्वच्छ रहे निस्वार्थ मनको ईश्वर बासको ।
स्वार्थी भाव कहे अनेक जनले ईश्वर नाशको ।।
झूटो सत्य सबै छ ज्ञात मनमा ब्रम्ह निवासको ।
मीठोभाव बुझे प्रभाव मनको ब्रम्ह प्रवासको ।।२।।
मिथ्या कर्म गरे अनेक कलिमा मानिस झुम्दछन् ।
अप्ठ्यारा पथमा लुकेर खलिपा मानिस बुझ्दछन्। ।
यात्री जीवनमा प्रमाद छ कतै बुझ्दछ प्रीतको ।
दुःखै होस् मनमा छ पीर अब ती बोक्दछु मीतको ।।३।।
भावावेश रहे तनाव मनमा साथ छ जिन्दगी ।
आत्मारूपि तिनै छ ब्रम्ह मनमा ज्ञात छ सुन्दरी ।।
आयो है जगमा उदासपनको जीवन साथमा ।
छायो है मनमा निवास सबको ईश्वर माथमा ।।४।।
छन्द: शार्दूलशासित
गणः म स ज स भ र
संकेतः ऽऽऽ ।।ऽ ।ऽ। ।।ऽ ऽ।। ऽ।ऽ
वर्णः१८ , यति: ६ र १२ अक्षरमा ।
राजेन्द्रकुमार बज्राचार्य, कोटेश्वर ,काठमाण्डौं