Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

माओवादी बैठकको निष्कर्ष : तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्छ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

निर्वाचन प्रणाली खर्चिलो नबनाउन पनि तिनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । बैठकको निष्कर्षबारे महराले भने, “आगामी वर्ष तीन तहको निर्वाचन गर्नु पर्नेछ, त्यसका लागि तीन तहको निर्वाचन एकै पटक गर्नुपर्छ भन्ने छ, त्यसका लागि सत्ता गठबन्धनभित्र र बाहिर सबै दलहरुलाई समेटर एकै पटक गर्दा आर्थिक र प्रशासनिक दृष्टिकोणले राम्रो हुन्छ भन्ने छ ।”

तीनै तहको निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा भने निष्कर्ष ननिस्केको उनले बताए ।

सत्ता गठबन्धनका दलहरुबीच स्थानीय निर्वाचन अघि कि संसदीय निर्वाचन अघि भन्ने बहस भइरहेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तीन तहको निर्वाचन एकै पटक गर्नुपर्ने लाइनमा छन् ।

तर, सत्ता साझेदार मुख्य दल कांग्रेस भने के गर्ने अलमलमा छन् । कांग्रेसभित्र कुन निर्वाचन कहिले गर्ने भन्ने विषयमा मतैक्यता छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट