
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले सूपरीवेक्षक र गणक पदका लागि करारमा कर्मचारी मागेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै करारमा कर्मचारी माग गरेको हो ।
नगरपालिकाले सूपरीवेक्षक २ र गणक पदका लागि १२ जना करारमा कर्मचारी आवश्यक रहेको जनाउदै दरखास्त आह्वान गरेको छ । नगरपालिकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
विस्तृत विवरणका लागि नगरपालिकाको वेवसाइट www.kageshworimanoharamun.gov.np मा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
यस्तो सूचना: