back

वर्षमानको महिनौसम्म विदेशमा भिआइपी उपचार, कहाँबाट जुट्याे खर्च ?

वि.सं.२०७८ माघ १० सोमवार

267 

shares
NTC AD
Global IME AD

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन थप उपचारको लागि गत असोज १३ गते थाइल्याण्ड गएका थिए । तर, थाइल्यान्डमा डेढ महिनासम्म गरिएको उपचारले उनकाे स्वास्थ्यमा सुधार आउन सकेन ।

थाइल्यान्डकाे उपचार पछि मंसिरमा नेता पुन पुनः थप उपचारको लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन गएका थिए । सेन्जेनमा दुई महिना लामो उपचारपछि स्वास्थ्यमा सुधार भएर सोमबार उनी स्वदेश फर्कदैछन् । स्रोतका अनुसार नेता पुन चार्टड फ्लाइटमार्फत स्वदेश फर्कने तयारीमा रहेका छन् ।

झण्डै ४ महिना लामो करोडौंको उपचार खर्च कसरी भयो ?

माओवादी नेता वर्षमान पुन अति सामान्य परिवारबाट माओवादी आन्दोलनमा सहभागी भएका थिए । नेतृ ओनसरी घर्तीसँग आन्दोलनकै क्रममा उनको जनवादी विवाह भएको थियो । पैतृक सम्पत्तीको हिसाबले घर्ती पनि अति सामान्य परिवारबाट  राजनीतिको नेतृत्व तहमा आइपुगेकी हुन् ।

नेता पुन अहिलेसम्म शान्ति तथा पुनःनिर्माण मन्त्री, अर्थमन्त्री र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेर काम गरिसकेका छन् ।

अहिलेको महँगी र ४ महिना लामो विदेशमा उपचार गर्ने कुरा सामान्य नेपालीको लागि सोच्न सकिने विषय होइन् । तर, मन्त्री पुनले स्वदेशमा नै उपचारको क्रममा पनि निजी अस्पताल रोज्ने गरेका र विदेशमा चार महिनासम्म कसरी आर्थिक स्रोतको व्यवस्थापन गरेर उपचार गरे ? यो विषयले धेरैको मनमा प्रश्न उठाएको छ ।

मन्त्री पुन र उनको श्रीमती घर्तीले राज्यको विभिन्न तहमा रहेर गरेको कामबाट पाएको सेवा सुविधाको आधारमा पनि उनीहरुसँग अहिलेसम्म करोडौं रुपैंया जम्मा हुने आधार देखिदैन् ।

मन्त्री पुन र उनको श्रीमती घर्तीले राज्यको विभिन्न तहमा रहेर गरेको कामबाट पाएको सेवा सुविधाको आधारमा पनि उनीहरुसँग अहिलेसम्म करोडौं रुपैंया जम्मा हुने आधार देखिँदैन् ।

वर्षमान पुन र ओनसरी घर्ती माओवादी राष्ट्रिय महाधिवेशनमा उपस्थित नहुने

माओवादी केन्द्रीय कार्यालय भन्छ – हामीलाई थाहा छैन्

माओवादी नेता पुनको महिनौसम्मको भिआइपी उपचार खर्च कति भयो र त्यसको व्यवस्थापन कसरी भयो भनेर पार्टीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाललाई सोध्दा उनले आफुहरुलाई यसबारेमा थाहा नभएको बताए । त्यस्तै अर्का कार्यालय सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ले पनि नेता पुनको उपचार खर्चको विषय पार्टी केन्द्रीय कार्यालयलाई जानकारी नभएकाे सुनाए ।

माओवादी नेता पुनको महिनौसम्मको भिआइपी उपचार खर्च कति भयो र त्यसको व्यवस्थापन कसरी भयो भनेर पार्टीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाललाई सोध्दा उनले आफुहरुलाई यसबारेमा थाहा नभएको बताए । त्यस्तै अर्का कार्यालय सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ले पनि नेता पुनको उपचार खर्चको विषयमा पार्टी केन्द्रीय कार्यालयलाई जानकारी नभएकाे सुनाए।

माओवादीका एक नेताका अनुसार नेता पुनको उपचार खर्चको विषयमा पार्टीको महाधिवेशनमा पनि विभिन्न टोलीमा चर्चा चलेको थियो । त्यहाँ भएको चर्चाअनुसार नेपालदेखी थाइल्याण्डसम्मको उपचारमा उनि स्वयंले व्यक्तिगत रुपमा खर्च व्यवस्थापन गरेका थिए । थाइल्याण्डबाट चीन पुगेपछिको खर्च भने चिनियाँ कम्युनिष्ट पार्टीले व्यहोर्न सक्ने चर्चा चलेको स्रोत बताउँछ ।

नेता पुनको स्वास्थ्य उपचार खर्चको विषयमा उनको स्वकीय सचिवालयले पत्रकार सम्मेलन गरेरै जानकारी दिने बताएकाे छ । स्वकीय सचिव सन्तोष पुनले खर्च  व्यवस्थापनकाे विषय अहिले नै भनिहाल्ने अवस्था नरहेकाे बताए ।

वि.सं.२०७८ माघ १० सोमवार १३:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको...

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

काठमाडौँ । आज नेपाल बजारमा सुनको मूल्यले नयाँ रेकर्डलाई निरन्तरता...

विपिनको रिहाइका लागि परिवारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

विपिनको रिहाइका लागि परिवारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री...

तीन हजार भन्दा बढी रासायनिक मल काठमाडौँ ढुवानी

तीन हजार भन्दा बढी रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा (सिन्धुपाल्चोक) । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार...

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना...