back

‘सम्झनामा कृष्णप्रकाश श्रेष्ठ’ स्मृती ग्रन्थ बिमोचन

वि.सं.२०७८ माघ १० सोमवार

144 

shares
NTC AD
Global IME AD

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको भाषा,साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले नेपाली साहित्यका प्रवासका शिखर पुरुष स्वर्गीय कृष्णप्रकाश श्रेष्ठको प्रथम पुण्यतिथीको अबसरमा ‘सम्झनामा कृष्णप्रकाश श्रेष्ठ’ स्मृति ग्रन्थको लोकार्पण गरेको छ ।

एक बिशेष समारोह बिच लोकापर्ण गरिएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कृतिको लोकार्पण गर्दै नेपाली भाषा साहित्यलाई प्रवासमा उन्नयन गर्ने श्रेष्ठ शिखर साहित्यिक ब्याक्तित्व रहेको बताए ।

उप्रेतीले मुनामदन लगायत दर्जनौ नेपाली साहित्यका कृति रसियन भाषामा र रसियन भाषाका कृतिहरु नेपाली भाषामा अनुवाद गरेको बताउँदै साठी बर्ष प्रवासमा रहेर नेपाली साहित्यका कृतिहरुक रचना, अनुवाद तथा नेपाली संस्कृति र वाङमयको सेवा गर्ने कृष्णप्रकाश श्रेष्ठ नेपाली साहित्यको इतिहासमा सधै अमर रहने बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत उपाध्याय ‘प्रेक्षित’ ले प्रकाशित कृतिमाथि बिबेचना गरेका थिए ।

श्रेष्ठसङ्ग उनको जीवनका बिबिध कालखण्डमा सहकार्य गरेका २७ जना लेखकहरुका रचना उक्त कृतिमा समेटिएका छन ।

कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष तथा लेखक जिवा लामिछाने, उपाध्यक्ष डा. बद्री केसी, प्रा. डा. हेमनाथ पौडेल, डा. श्याम उपाध्याय, डा. मनमुर्ती भुर्तेल, तेज प्रकाश श्रेष्ठ, रसियन कवि तात्याना चे, अनेसासका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ बिनेसासका अध्यक्ष सुरेन्द्र परदेशी लिम्बू लगायतले श्रेष्ठसङ्गका आ आफ्ना सम्झना तथा श्रेष्ठको ब्यक्तित्व बारे आफ्ना भनाई राखेका थिए ।

कार्यक्रम कृतिका सम्पादक सुरेन उप्रेतीले संचालन तथा सभापतित्व भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले गरका थिए ।

थापाले कृति प्रकाशनका लागि सहयोग गर्ने श्रेष्ठका परिवार, सबै बिद्द्वत लेखकहरु र बिशेष सहयोग गर्ने जिवा लामिछाने, हरि पौडेल, डा. बद्री केसी, महेश्वर पन्त, बिनेसास रसिया, बिकास बिष्ट, सपिला राजभण्डारी, प्रा. डा. हेमनाथ पौडेल, सुरेन उप्रेती, गोबिन्द प्रसाद गौतम, डा. मनमुर्ती भुर्तेल लगायतमा आभार व्यक्त गरेका छन् ।

पुस्तकमा स्वर्गीय कृष्णप्रकाश श्रेष्ठका सम्झनामा केदार वशिष्ठ, गोबिन्द गिरी प्रेरणा, प्रा.डा. गोबिन्दराज भट्टराई, चन्द्रकान्त आचार्य, प्रा. जगत उपाध्याय ‘प्रेक्षित’, जिवा लामिछाने, तात्याना चे, तेजप्रकाश श्रेष्ठ, दिनेश अधिकारी, धनराज गिरी, डा. नाज सिंह, डा. नेत्र एटम, नेल्ली पन्तिलेइभ्ना, प्रकाश पौडेल ‘माइला’, डा. मधु माधुर्य, डा. मनमुर्ती भुर्तेल, मारिना श्रेष्ठ, डा. मुकुन्द पथिक, राजेन्द्रबहादुर अधिकारी, डा. श्याम उपाध्याय, सुरेन उप्रेती, सुर्य किरण गुरुङ्ग, डा. सुर्यप्रकाश पौड्याल, हिक्मत थापा, हिरण्यलाल श्रेष्ठ र प्रा. डा. हेमनाथ पौडेलका लेख रचना समेटिएका छन् ।

त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका शुभकामना सन्देश स्मृती ग्रन्थमा रहेका छन् ।

वि.सं.२०७८ माघ १० सोमवार १५:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...