Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

डोटीमा राष्ट्रिय वाणिज्य बैंकद्वारा क्युआर कोडबाट रकम भुक्तानी दिन शुरु



११ माघ, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जिल्लामा पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी गर्न सुरु गरेको छ । बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलोपटक उक्त सेवाबाट भुक्तानी दिन सुरु गरेको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाका प्रबन्धक गणेशबहादुर विष्टले बताए ।

उनले भने, “ग्राहकको सहजताका लागि हामीले आजदेखि पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी दिने व्यवस्था मिलाएका छौँ, जसले गर्दा ग्राहकलाइ सहज हुनेछ ।” उनका अनुसार क्युआर कोड भनेको चेक नचाहिने तथा मोबाइल बैंकिङ भएका ग्राहकले सिधै बैंकमा आएर आफ्नो मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरेपछि चाहेको जति रकम झिक्न पाउने व्यवस्था मिलाइएको छ ।

ग्राहकले एकपटकमा न्यूनतम रु ५०० देखि एक लाखसम्म रकम उक्त क्युआर सेवाबाट झिक्न सक्ने प्रबन्ध मिलाइएको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जनाएको छ । उक्त सेवा प्रयोग गर्दा ग्राहकलाई सहज, झन्झटरहित तथा छिटो तरिकाबाट भुक्तानी हुने भएकाले बैंकमा पालो कुर्नुपर्ने समस्याको पनि समाधान हुने सहायक शाखा प्रबन्धक सुबोधकुमार पाण्डेयले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट