
११ माघ, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार (नेप्से) ५ दशमलव ९२ अकंले घटेर समग्र परिसूचक २८१४ दशमलव ७४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १ दशमलब १७ अकंले बढेर ५२४ दशमलब ८६ बिन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२९ कम्पनीको ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैंया बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७२ हजार ४ सय १ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा एशियन लाईफ इन्स्योरेन्स, अपी पवार, एनआईसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अपी पवार, एचआईडिसिएल, नेशनल हाईड्रोपावर, नेपाल बैंक, एनआईसी एशिया बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबैभन्दा धेरै कमाउनेमा विन नेपाल लघुवित्त, बुद्धभुमी नेपाल हाईड्रोपावर, पोखरा फाइनान्स, सामलिङ्ग पावर लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने गोर्खाज फाइनान्स, समिट लघुवित्त, समता लघुवित्त, चन्द्रगिरी हिल्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।