Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

सहकारीलाई कृषि एम्बुलेन्स सहयोग



पाल्पा । दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर-२ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो ।

हेफर इन्टरनेशनलको ५० प्रतिशत अनुदान, रामपुर नगरपालिकाको रु पाँच लाख, सहकारीको रु सात लाख २४ हजार ५५६ गरी रु २४ लाख ४९ हजार ५५६ को लागतमा एम्बुलेन्स खरिद गरिएको हो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगरपालिकाले कृषि तथा पशुपालनमा आकर्षित गर्नका लागि विभिन्न सङ्घ संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरेको बताए । उनले कृषि एम्बुलेन्सको प्रयोगका लागि कृषिजन्य उत्पादन बढाउनु आवश्यक रहेको भन्दै नगरपालिकाले पनि बजारीकरणमा आवश्यक सहयोग गर्ने बताए ।

रामपुर नगरपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारी तथा पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा सञ्चालित परियोजनाले कृषि तथा पशुजन्य उत्पादन अभिवृद्धि तथा बजारीकरणको लागि एम्बुलेन्स प्रदान गरेको हो । कृषि शाखा प्रमुख रामहरि पाण्डेयले रामपुरमा कृषिजन्य उत्पादन वृद्धि हुँदै गएकाले एम्बुलेन्सको सही सदुपयोग गरी आर्थिकस्तर उत्थानमा लाग्न आग्रह गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय