back

विद्युत कटौतीको मारले दैनिक जीवन यापनमा समस्या

वि.सं.२०७८ माघ ११ मंगलवार

1.4K 

shares
NTC AD
Global IME AD

सिमकोट । हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ ।

पाँचसय किलोवाट क्षमताको उक्त आयोजनाले हिउँदका समयमा पानीको अभाव देखाउदैँ सिमकोटमा लामो सयमसम्म विद्युत भार कटौती गर्दै आएको हो । दिनमा १८ भन्दा बढी विद्युत भार कटौती हुन थालेपछि यहाँका स्थानीयवासीले विरोध पनि जनाउन थालेका छन् । उता उक्त आयोजनाले भने पानीको अभावका कारण माग अनुसार विद्युत आपूर्ति गर्नसकेको जनाएको छ ।

विद्युत कटौतीको मारमा उद्योग व्यसायी

जिल्ला सदरमुकाम सिमकोट र आसपासका गाउँपालिकामा ७० भन्दा बढी उद्योग व्यवसायीले नेपाल सरकारको इजाजतपत्र लिएर उद्योग सञ्चालन गर्दै आएका छन् । एक दशकभन्दा लामो समयदेखि अठार घण्टासम्मको विद्युत भार कटौतीले जिल्लाका उद्योग व्यवसायी सङ्कटमा परेका छन् । हेल्दुम जलविद्युत कार्यालयको कार्य तालिकाबिना विद्युत भार कटौती गरेकोले आफूहरूको व्यवसायमा झान समस्या भएको गुनासो गर्दै आएका छन् । विद्युत सेवा नियमित नहुँदा महशुल उठाउन नसकेपछि आयोजनाका कामदारलाई पछिल्लो समयको तलब दिनसमेत समस्या भएको सञ्चालक कृष्णबहादुर हमालले बताए ।

विद्युत् अभावमा कार्यालयका काममा समस्या

विद्युत सेवा नियमित नहुँदा सदरमुकाममा रहेको सिमकोट गाउँपालिकासहित सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजमा पनि असर परेको छ । समयमै विद्युत सेवा उपलब्ध नहुँदा प्रशासनिकदेखि अन्य काम गर्न कठिन भएको र अति आवश्यक काममा पनि बाधा पुग्ने गरेको सरोकार व्यक्तिको गुनसो छ ।

इलोक्ट्रोनिक पसलमा असर

सिमकोटमा रहेका इलोक्ट्रोनिक पसलमासमेत विद्युत भार कटौतीको असर परेको छ । उनीहरूले विद्युतबाट प्रिन्ट, फोटोकपी, इमेल फ्याक्सलगायत काम गर्न कठिन भएको सदरमुकामस्थित कालिञ्चोक इलोक्ट्रोनिक पसलका सञ्चालक सुनमति सिंहले बताए । नियमित विद्युत नहुँदा पसलमा सेवा लिन आउने सेवाग्राहीलाई समयमै सेवा दिन नसकेको उनको गुनासो थियोे ।

एसइई विद्यार्थीलाई अध्ययनमा बाधा

एसइई तयारी गरिरहेका विद्यार्थीलेसमेत विद्युतको विद्युत भार कटौतीको मार खेपिरहनु परेको छ । अठार घण्टासम्म विद्युत भार कटौती हुँदा राति अबेरसम्म पढ्न समस्या हुने गरेको विद्यार्थीको गुनसो छ । प्रायजसो दिनमा र राति १० बजेसम्म विद्युत नहुँदा आफूहरूले यसको मार खेप्नुपरेको उनीहरूको भनाइ थियो ।
पढ्नका लागि उज्यालो चाँहिन्छ तर १० बजेपछि विद्युत आउँदा निन्द्रा लागिसक्छ यसरी ढला गरी विद्युत आउँदा पढाइमा समस्या भएको एसइई तयारी गरिहरहेका सुशील बोहराको गुनासो थियो ।

पानी कम भएकाले लोडसेडिङ बढेको हो

केन्द्रका दुई हजार १०० भन्दा बढी ग्राहक रहेको उक्त आयोजनामा पानीको स्रोत कम भएकै कारण २०६५ सालमा सञ्चालनमा आएदेखि नै आयोजनाले विद्युत भार कटौती गर्नुपर्ने बाध्यता आइपरेको विद्युत वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।

पाँच सय किलोवाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएको उक्त आयोजनाको पावर हाउसमा दुईवटा उपकरण जडान गरिएका छन् तर दुवै उपकरणबाट विद्युत उत्पादन भने हुनसकेको छैन । अहिलेसम्म अधिकतम ३२० किलोवाट मात्र विद्युत उत्पादन भएको उनले जानकारी दिए । बत्ती बाल्नका लागि लक्षित यस आयोजनाबाट उद्योगका लागि विद्युत आपूर्ति गर्न नसकिएको आयोजनाले जनाएको छ ।

रासस

वि.सं.२०७८ माघ ११ मंगलवार १६:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

  नारायणगढ (चितवन) । चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार...

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती...

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी...

मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने

मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...