Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

दक्षिण कोरियामा कोरोनाका दैनिक सङ्क्रमित अहिलेसम्मकै बढी



११ माघ । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजारजना भन्दा बढी सङ्क्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४घन्टामा ८ हजार ५७१ जना सङ्क्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ ।

उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी संक्रमितसहित कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ७ लाख ४९ हजार भन्दा बढी पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पनि फैलिएको छ ।

यहाँ पछिल्ला दिनहरुमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको छ । यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन् । त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा संक्रमण देखिने पनि गरेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । मगर संघ युकेद्धारा आयोजना हुने ओपन कन्सर्टको तयारी पूरा भएको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय