
काठमाडौं । नेपालमा आज १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा ४,८७५ भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जनासँगै ६,१७२ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा आज संक्रमित हुनेको संख्या झण्डै २ हजारले बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका १२ हजार ८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ४४ हजार ३७० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३०४० जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३०४० जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ ।
आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । आज थपिएका ८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ ।
मन्त्रालयको विवरण अनुसार हाल ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ८७ हजार ११७ र १८१७ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने २४५ जना आइसीयु र ४४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २ लाख ३९ हजार ८५१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
नेपालमा हालसम्म २ करोड ९६ लाख ६४ हजार ६०७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड ६३ लाख ३३ हजार ९३७ जनाले पहिलो मात्रा र १ करोड ३१ लाख ६ हजार ७२७ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । साथै २ लाख २३ हजार ९४४ जनाले अतिरिक्त मात्राको खोप लिएको पनि मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।