
काठमाडौं । राष्ट्रियसभाको १९ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ ।
राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान नौ बजेदेखि प्रदेशमा रहेका मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको हो । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
निर्वाचन आयोगका अनुसार प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि तोकिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान सुरु भएको छ ।
त्यस्तै यस्तै गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।
आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।
१९ पदका लागि हुन लागेको उक्त निर्वाचनको मत परिणाम आजै आजै सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसारमतदानका क्रममा क्रममा कुनै बाधा नआएमा मत परिणाम आजै रातिसम्म सार्वजनिक हुनेछ ।