
काठमाडौं । एमालेले चुनाव चाहेको तर बिपक्षी गठबन्धन चुनावबाट भाग्न खोजिरहेको आरोप एमालेले लगाइरहेका बेला सत्ता गठबन्धनका सांसद खिमलाल देवकोटाले निर्वाचन बारे संसदमै संकल्प प्रस्ताव पेश गर्न चुनौती दिएका छन् ।
सांसद देवकोटाले नेकपा एमालेले संसद चल्न दिने वा अर्लि ईलेक्शन सम्वन्धि संकल्प प्रस्ताव दर्ता गर्ने भन्ने यी दुई विकल्प मध्ये एउटा रोज्नुपर्ने समेत बताएका छन् ।
‘अहिले स्थानीय तहको चुनाव पछि सार्ने प्रयास हुदैछ । यसलाई रोक्न पनि नेकपा एमालेले अब दुईवटा मध्ये एउटा विकल्प रोज्न जरुरी छ । संसद चिल्न दिने । संसद चल्न नदिने हो भने स्थानीय तहको चुनावसँगसँगै प्रतिनिधिसभाको पनि अर्लि ईलेक्शन सम्वन्धि संकल्प प्रस्ताव दर्ता गर्ने ।’ सामाजिक संजालमा उनले लेखेका छन् ।