Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

सिङ्गापुरे सिपाहीले बनाए तनहुँमा साढे चार करोड लगानीमा रिसोर्ट



तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी बकबहादुर गुरुङले म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा ठूलो रकम खर्चेर रिसोर्ट निर्माण गरेका हुन् ।

सिङ्गापुरे सिपाहीबाट अवकाश लिएका गुरुङले करिब रु साढे चार करोड खर्च गरी सिंह भिलेज रिसोर्ट प्रालि निर्माण गर्न लागेका हुन् । पृथ्वीराजमार्गसँगै जोडिएको खेत देख्दा रहर लागेर किनेँ तर खेत रोप्न पानीको सुविधा नभएपछि विकल्पका रूपमा रिसोर्ट बनाउन लागिएको गुरुङले बताए ।

उनले भने, “राजमार्गसँगै जोडिएको जग्गा भएकाले केही गरौँ भनेर रिसोर्ट निर्माण गरेको हुँ ।” रिसोर्टसम्बन्धी आफूलाई कुनै पनि जानकारी नभए पनि काम गर्न सक्छु भनेर करिब नौ रोपनी क्षेत्रफलमा स्वीमिङ पुल, कटेजलगायतका भौतिक संरचना निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए ।

स्वदेशमा रहेर केही गरौँ र केही व्यक्तिलाई रोजगारी दिऔँ भन्ने भावना पलाएपछि आफू यसतर्फ अग्रसर भएको गुरुङ बताउछन् ।

उक्त रिसोर्ट निर्माण गर्न थालेको दुई वर्ष बितिसक्यो अझै सम्पन्न गर्न सकिएको छैन । उनले भने, “अघिल्लो वर्षको कोरोनाले पनि काम गर्न सकिएन, अहिले पनि उही चाल होलाजस्तो देखिएको छ ।”

पटक–पटकको कोरोनाका कारण निरन्तर निर्माणकार्य गर्न नसक्दा निर्माण प्रभावित भई आर्थिक भार वृद्वि हुँदा कठिनाइ भोग्नुपरेको उनले दुःखेसो पोखे । रासस फाइल: फोटो

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय