Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

मरिसस विरुद्धको मैत्रीपुर्ण खेलाका लागि नेपाली टिमको घोषणा, विमल र जगजित फर्किए टिममा



१२ माघ, काठमाडौँ । नेपालले मरिसस विरूद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने राष्ट्रिय टिम घोषणा गरेको छ । नेपालले मरिससको विरुद्धको दुई खेलका लागि दुई छुट्टा-छुट्टै टिमको घोषणा गरेको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरणकुमार लिम्बुको कप्तानीमा दुई छुट्टा छुट्टै टिमको घोषणा गरेका हुन । बन्द प्रशिक्षणमा बोलाइएका ३४ जना खेलाडीलाई नै फरक फरक टिममा गरी उनले स्थान दिएका हुन् ।

लामो समय पछि विमल घर्तिमगर र जगजित श्रेष्ठ राष्ट्रिय टिममा पर्न सफल भएका छ । त्यसैगरी कृतिश रत्न छिन्जु र आकाश बुढामगर पनि पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएका छन ।

मरिसस र नेपालबीचको पहिलो खेल शनिबार हुनेछ भने दोस्रो खेल मङ्गलबार हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।

मरिसस विरुद्धको पहिलो खेलका लागि नेपालको टिम :
किरणकुमार लिम्बु, दीप कार्की, टिकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आसिस लामा, दर्शन गुरुङ, विमल घर्तिमगर, सुनील बल, नितिन थापा, आकाश बुढामगर, कृतिश रत्न छिन्जु, जगजित श्रेष्ठ ।

मरिसस विरुद्धको दोस्रो खेलका लागि नेपालको टिम :
किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, सत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आसिस लामा, विमल घर्तिमगर, अनन्त तामाङ, आसिस राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मुगु संसार न्यूज । स्थानीय तह निर्बाचनमा मुुगुका धेरै स्थान जित्नेमा पहिलो पार्टी बनेको

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट