Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

महाशक्तिहरुबीच बढ्यो द्धन्द्ध, बाइडेनको चेतावनीले तेस्रो विश्वयुद्धको त्रास



अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादीमिर पुटिनलाई आक्रमणको चेतावनी दिएका छन् । रुसले युक्रेनमाथि अचानक आक्रमण गर्न लागेको बेला अमेरिकाको धारणा के हुने भन्ने संचारकर्मीको जिज्ञासामा अमेरिकी राष्ट्रपतिले वाशिङ्गटनबाटै पुटिनलाई चेतावनी दिएका हुन् । उनको कमेन्ट यतिबेला सार्वजनिक भएको छ, जतिबेला अमेरिकी पक्ष खास गरी नाटोमा संलग्न राष्ट्रहरुले रुसमाथि पहिलो थर्को सुनाएका थिए । केही राष्ट्रका प्रमुख नेताहरुसँगको छलफलपछि रुस विरोधी गठबन्धनमा लाएका नेताहरु बोले लगत्तै राष्ट्रपति वाइडेनले सचांरकर्मीको प्रतिक्रिया दिने बहानामा सो धारणा सार्वजनिक गरेका हुन् ।

मस्कोले झण्डै १ लाख संख्याको आधुनिक सेनामार्फत युक्रेन कब्जा गर्ने अन्तिम तयारी गरिरहेको समाचार नाटो सम्बद्ध राष्ट्रहरुले फुकेका थिए । कतिपय टेलिभिजनहरुमा त नाटो गठबन्धनको सेनाको मार्चलाई पनि रुसको भनेर प्रचार गरिएको थियो ।

A simple guide to the Ukraine-Russia crisis: 5 things to know | Ukraine-Russia crisis News | Al Jazeera
चर्चामा रहेको रुसी सेनाको बख्तरबन्द गाडीहरुको लस्कर । तस्बिर : अलजजिरा

तेस्रो विश्वयुद्ध निम्तिनसक्ने बाइडेनको चेतावनी

युक्रेन घटनाबारे कुन तहबाट कसरी प्रतिक्रिया दिनुहुन्छ भन्ने पत्रकारको सोधाइमा राष्ट्रपति वाइडेनले औपचारिक र अनौपचारिक (व्यक्तिगत तहबाट पनि) रुसले चेतावनी पाउने बताएका थिए । उनले पत्रकारमार्फत् रुसलाई थप धम्क्याउँदै ‘रुसले अप्रिय घटना घटायो भने दोस्रो विश्वयुद्धपछि कै ठूलो क्षति हुने’ बताएका छन् । रुसका गलत हरकत रोक्न नाटो राष्ट्रहरु एक ढिक्का हुने बताउँदै लामो समयपछि ‘नाटो’ ले सांगठानिक हैसियत देखाउने कुरा पनि बोलेका छन् ।

तर, उता रुसले भने पश्चिमाहरुको कुत्सीत स्वार्थ र जर्वजस्तीबाट उम्कन चाहेका ठूलो संख्याका युक्रेनीहरुको पक्षमा आफुहरु सधै लागिरहेको तर धुन्धुकारीहरुले भनेजस्तो ठूलो विनास रुसले सोच्न पनि नसक्ने बताएको छ । ‘तत्कालै आक्रमणको कुनै तयारी र योजना नभएको बरु अमेरिका र उसका केही पिछलग्गुहरुले वातावरणलाई विथोल्ने काम गरेका छन्’ रसियाली उच्च अधिकारीले ऐजेन्सीहरुसँग प्रतिक्रिया दिएका छन् ।

अमेरिकाले युक्रेनलाई हतियार र सेना दिएर रुसविरुद्ध लड्न उक्साइरहेको आरोप रुसको छ । ‘नाटो’ अब फिल्डमा नै गएर पहिचान दिने जस्तो उक्साउवाजी समाचारले स्थितिलाई थप तनावग्रस्त बनाएको देखिन्छ ।

रुसी तेलको खपत गर्ने युरोपेली देशका अधिकांश नेतृत्व नाटो गठबन्धनमा जोडिएको छ । नाटोेको बलमा रुसलाई ठेगान लगाउन चाहाने अमेरिकी स्वार्थकै हैसियतमा सबै युरोपेली देशको समान मत छैन । त्यसो त बेलायती प्रधानमन्त्री बोरिश जोनसोनभन्दा फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोनले तुलनात्मक रुपले नरम छन् । उनले वार्ताबाटै समाधान हुनुपर्ने र वार्ताबाटै समाधान हुनुपर्ने र वार्ताका लागि मस्कोलाई दवाव दिनुपर्ने अडान राखेका छन् ।

उनले पुटिनसँग कुराकानी गरी रुसको युक्रेन नियतबारे प्रष्ट हुने बताएका छन् । युरोपेलीहरु बिचको वार्तामा युक्रेनलाई थप सहयोग गरेर रुसमाथी मनोबैज्ञाानिक प्रभाव पार्ने एउटा पक्ष छ भने अर्को पक्ष रुसलाई तनावमा पुर्याएर मानव समुदायलाई क्षति पुर्याउन नहुने हुँदा वार्ताको वातावरणमै जोड दिनु पर्नेमा रहेको छ ।

थप ८,५०० अमेरिकी अत्याधुनिक फौज युक्रेनको सहयोगका लागि तयार गरेको वाशिंगटनले रुसको सहयोगी देश बेलारुसलाई पनि चेतावनी दिएको छ । उसले ‘रुसलाई सघाए परिणाम राम्रो नहुने’ भन्दै बेलारुसलाई ठाउँमा बस्न उर्दि जारी गरेको छ ।

उता युक्रेनीयन राष्ट्रपति भ्लादीमिर जेलेनेस्की) बाट देशबासीका नाममा सम्बोधन भै ढुक्कसँग बस्न आग्रह गरिएको छ । नाटो महासचिव जनरल जेम्स स्टालेनवर्गले बेल्जियमबाट नै एक प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले कुटनैतिक बाटोबाटै समाधान गर्न नाटो तयार रहेको र यहि हप्ता सबैलाई मान्य हुने प्रस्ताव तयार गर्न लागिएको जनाएका छन् ।

तर, चीन विवादमा नफस्ने योजनामा

रुसले युक्रेनमाथि घमासान आक्रमण गर्न लागेको र प्रत्याक्रमणमा नेटो सेना तयार भएकोले निकै ठूलो घटना हुने अनुमान गरिएका बेला भने नेटोका विरुद्ध रुसलाई साथ दिँदै आएको चीनले असाध्यै सन्तुलित भाषा बोलेको छ । चीनको तत्कालीन प्रतिक्रिया बुझ्ने बहानामा विभिन्न कोणबाट मेडियावाजी भै रहँदा पनि चीनले मुख्य समाधान रुस र अमेरिकीबाट हुनुपर्ने बताएको छ ।

‘सन् २०२२ को बेइजिङ ओलम्पिक हुन्जेल युक्रेनमाथि आक्रमण नगर भनेर रुसलाई चीनले सल्लाह दिएको ’ प्रचारवाजीका विरुद्धमा चीनले चर्को नबोलेपनि आफ्नो प्रष्ट र स्थिर अडान छाडेको छैन । ‘बेतुकका सस्ता हल्लाले न त चीन–रुस सम्बन्ध विर्गाछ, न त बेइजिङ ओलम्पिकमा क्षति पुग्छ, अन्तराष्ट्रिय समुदाय त्यति मुर्ख कहाँ छ र ?’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लियानले पश्चिमाहरुको हुइयालाई पत्यान नहुने कुरा दोहोर्याएका छन् ।

युक्रेन, तत्कालीन सोभियत संघबाट फुटेको एक टुक्रा हो । जस्को क्रेमलिन लगायतका भू–भागबाट रुसमै जोडिने जनमत प्रकट भएको छ एकातिर भने अर्कातिर त्यहाँको सरकारलाई ‘पपेट’ भन्दै जन्मेका केही विद्रोहीलाई रसीयाली समर्थन समेत रहँदै आएको छ । यो द्धन्द्धमा परी करिब १४ हजार मानिसको मृत्यु भैसकेको छ ।

संभावित थप द्धन्द्ध र अनिष्टतालाई रोक्न संयुक्त राष्ट्र संघको तत्काल पहल र सक्रियता बढ्नुपर्ने आवाज विश्वव्यापी रुपमा उठेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट