Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

सिरियामा पाँच सयभन्दा बढी इस्लामिक स्टेटका लडाकूद्धारा आत्मसमर्पण



१२ माघ । सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट ९आइएस० का ५०० भन्दा बढी लडाकूहरुले आत्मसमर्पण गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन ।

“आत्मसमर्पण गर्ने विद्रोही लडाकूहरुको सङ्ख्या ५५० भन्दा धेरै रहेको छ,” एक सरकारी अधिकारीले भने । आत्मसमर्पण गरेका सवै लडाकूहरु कारागारमा राखिएका थिए । यही जनवरी २० मा लडाकूहरुले अल हासाकाहमा रहेको अल सिनाअ कारागारमा आक्रमण गरेका थिए । त्यही बेलामा धेरै लडाकूहरुलाई सरकारी फौजले समातेर कारागारमा राखेको थियो ।

लडाकूहरुले जेलमा आक्रमण गर्दा लडाकू र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भिडन्त पनि भएको थियो । लडाकूहरुसँग भिड्नका लागि १० हजार सरकारी सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । लडाकू र सुरक्षाकर्मीहरुका बीचमा देशका विभिन्न ठाउमा अहिले पनि बेला बेलामा भिडन्त हुने गरेकाले हजारौ मानिस विस्थापित भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट