Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशमा गठबन्धनका तीनै उम्मेदवार विजयी



काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)का राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् ।

अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ।

निर्वाचनमा एमालेको तर्फबाट भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्ता उम्मेदवार बनेका थिए ।

तीन जना राष्ट्रिय सभा सदस्य छान्न भएको निर्वाचनमा लुम्बिनीका ८१ प्रदेश सभा सदस्यले मत हालेका थिए भने स्थानीय तहका २१३ मतदाताले भोट खसालेका थिए।

बुधबार बिहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रियसभा सदस्यको मतदान सकियो, गणना सुरु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट