Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

छ महिनामा ९२ प्रतिशत बढी राजस्व सङ्कलन



जलेश्वर । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।
यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ८१ करोड ८९ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचना अधिकारी दिव्यरञ्जन दाहालले जानकारी दिए ।

कार्यालयले गत साउन महिनामा सबैभन्दा बढी १२१ प्रतिशत र गत पुसमा सबैभन्दा कम ६६ प्रतिशत लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयका राजस्व शाखाका नायब सुब्बा शशि विश्वकर्माले बताए ।

कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्मको प्रत्येक महिनामा लक्ष्यभन्दा बढी नै राजस्व सङ्कलन गर्दै आएको बताउँदै उनले समग्रमा लक्ष्यको तुलनामा ९१ दशमलव ९० प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय